|
शुभ नक्षत्र
रोहिणी, अश्विन, मृगशिरा, पुष्य तिष्य, हस्त, चित्रा, रेवती, श्रवण, स्वाति, अनुराधा, उत्तराभाद्रपद, उत्तराषाढा, उत्तराफाल्गुनी, घनिष्ठा, पुनर्वसु । यो १५ नक्षत्रमा गरिएको काम सिद्ध र सफल हुन्छ । मध्यम नक्षत्र पूर्वाफाल्गुनी, पूर्वाषाढ़ा, पूर्वाभाद्रपद, विशाखा, ज्येष्ठा, आर्द्रा, मूला र शतभिषा । यी नक्षत्रमा विशेष वा ठूलो काम गर्न उचित छैन । सामान्य कामकाज गर्दा नोक्सान हुदैन । अशुभ नक्षत्र भरणी, कृतिका, मघा र आश्लेषा । ज्यादै घातक र नोक्सानदायी नक्षत्र । यी नक्षत्रमा शुभ काम नगर्नु । अशुभ योग २७ योगहरूमा देखि कुल ९ योगहरूलाई अशुभ मानिन्छ तथा सबै प्रकारका शुभ कामहरूमा यीबाट बच्ने सलाह दिइन्छ। यी अशुभ योग छन्: विष्कुम्भ, अतिगण्ड, शूल, गण्ड, व्याघात, वज्र, व्यतीपात, परिघ र वैधृति। अशुभ करण एक तिथिमा दुई करण हुन्छन्- एक पूर्वार्धमा तथा एक उत्तरार्धमा । कुल ११ करण हुन्छन् । विष्टि करणलाई भद्रा भन्दछन् । भद्रा करणमा शुभ कार्य वर्जित मानिएको छ। शुभ योग १. अमृत सिद्धि योग – शुभ कार्य गर्नाका निम्तिको शुभ योग हो । सोमवार हस्त नक्षत्र भए यो शुभ योग बन्छ । तर यो दिन षष्ठी तिथी भए विष योग बन्छ । २. सिद्धि योग – उदाहरणमा सोमवारको दिन नवमी वा दशमी तिथी र रोहिणी, मृगशिरा, तिष्य, श्रवण र शतभिषा मध्ये कुनै एक नक्षत्र भए सिद्धि योग बन्दछ । ३. सर्वार्थ सिद्धि योग – अत्यान्त शुभ योग । सोमवारको दिन रोहिणी, मृगशिरा, तिष्य, अनुराधा अथवा श्रवण नक्षत्र मध्ये कुनै एक भए यो योग बन्दछ जबकि द्वितीया एकादशी तिथीमा बनेको यस्तो योग अशुभ हुन्छ । बुधवार र शुक्रवार यो योग बन्छ भने यस्तो योग नष्ट हुदैन । तर केही विशेष तिथिमा यो योग बन्छ भने नष्ट पनि हुन्छ । ४. पुष्कर योग – सूर्य विशाखा नक्षत्रमा र चन्द्रमा कृतिका नक्षत्रमा भएको स्थिति अत्यान्त दुर्लभ हुन्छ । यो योग सबै शुभ कार्यको लागि उत्तम मुहूर्त हुन्छ । ५. गुरु पुष्य योग – बुधवार र पुष्य नक्षत्रको संयोगमा यो योग बन्दछ । गृह प्रवेश, ग्रह शान्ति, शिक्षाका निम्ति श्रेष्ठ । ६. रवि पुष्य योग – आइतवार तिष्य नक्षत्रको संयोगमा यो शुभ योग बन्दछ । ७. त्रिपुष्कर र द्वीपुष्कर योग - वार, तिथि र नक्षत्र तीनैको संयोगले बन्ने योग द्विपुष्कर योग हो । यदि आइतवार, मंगलवार, वा शनिवारमा द्वितीया, सप्तमी वा द्वादशी तिथिसँग धनिष्ठा, चित्रा, मृगशिरा मध्ये कुनै एक नक्षत्र आउछ भने अब द्विपुष्कर योग बन्दछ । यदि आइतवार, मंगलवार, वा शनिवारमा द्वितीया, सप्तमी वा द्वादशी तिथिसँग पुनर्वसु, उत्तराषाढ र पूर्वाभाद्रपद मध्ये कुनै नक्षत्र आउछ भने अब त्रिपुष्कर योग बन्दछ । यी योगमा विशेष बहुमूल्य वस्तु किन्दा भविष्यमा दोब्बर तेब्बर हुन्छ । आदि इत्यादि । |

